घटना र कथा
त्यो यूवकको मृत्यु , तिम्रो लागि एउटा घटना अनि मेरो लागि एउटा कथा
बिमान दुर्घटना मा परेर मृत्यु हुने तिम्रो लागि एउटा स्वभाविक घटना, मात्र एउटा घटना ! मेरो लागि धेरैको जीवनसँग गाँसिएको अपूरनीय क्षतिको पिडादायक कथा ! एउटा गरीब बाउको दिन-रातको दु:खबाट सपनाको चित्र प्रतिबिम्बित भइरहेको बिपनाको भत्केको कथा! बिमान चालक बनेर उडेको पहिलो दिन र अन्तिम साँसको कथा!!
रोइरहेछु म, मेरो रोदनको यो उत्तर- तिम्रो आँखालाई, आश्चर्यमा मलाई हेरिरहेको तिम्रो आँखालाई । तिम्रो लागि मात्र एउटा घटना मेरो लागि अर्को कथा दु:खको!!
लेखक:- प्रलेन्द्र प्रजापती |